काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक शुक्रबार नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने भएका छन ।

प्रचण्डले नयाँ वर्षको अवसर पारेर आज भेटघाट कार्यक्रम को सुरुवात गर्दै छन्।

प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले आजदेखि हप्ताको हरेक शुक्रबार पार्टी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड अहिले पेरिसडाँडा पुगिसकेका छन्।