विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययनरत २० जना जेहनदार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बिच २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । उमा न्यौपाने, सृष्टि कर्ण, वर्षा यादव, कञ्चन मेहता, श्रेया देव, सन्ध्या यादव, दुर्गाकुमारी पटेल र मिनक्षा चौधरीलाई जनही ११ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ । यसैगरी रञ्जु कट्टेल, पुष्पा शाह, सुजल देव, एमी शाह, स्मृति जोशी र आर्यन मेहतालाई जनही ६ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
यसैगरी मिनाक्षी चौधरी, शिवानी राउत, अमन शाह, इच्छा अधिकारी, सोनी मेहता, दुर्लभ देव र चिन्टु कुमार मेहतालाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।विद्यार्थीहरूलाई कोषका संरक्षक समाजसेवी दिनबन्धु गोयल, कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टकप्रसाद गौतम, सत्यनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुँरागाईले छात्रवृत्ति प्रदान गरेका थिए ।
सुमनदेवी गोयल छात्रवृत्ति कोषका संरक्षक विराटनगरका समाजसेवी दिनबन्धु गोयलले २०५८ सालमा सत्यनारायण स्कुलमा जेहनदार विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गर्नको लागि कोष स्थापना गरिएका हुन् ।

