काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो।
आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको थियो। अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो भने छानबिन गर्न समिति बनाएको थियो।
अनुशासन समितिले दिएको प्रतिवेदनको आधारमा श्रेष्ठलाई कार्वाही गरेको पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए । श्रेष्ठको ठाउँमा रास्वपाले विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि गरेको छ ।

