विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न भारतसँग आर्थिक सहयोग माग्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले विश्वविद्यालयका लागि द्विपक्षीय समझदारीअनुसार तय हुने गरी विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७५ खारेज गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको जनाइएको छ ।

