काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको दावी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।
‘यो अडियो केही पनि होइन, यो फसाइएको हो’ उनले भने, ‘गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो ।’ पार्टीलाई उपनिर्वाचनमा हराउने सुनियोजित योजना अनुसार अडियो सार्वजनिक गरिएको उनले बताए ।
करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा राखेपछि पत्रकारहरुको प्रश्नको जवाफ नदिइ उठेका थिए । जनवरीमा भएको कुराकानी आफैंले स्वीकार गरेका उनले सो प्रकरणमा क्लिनचिट लिएर आउने दाबी गरे ।

