बैतडी । बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप मंगलवार मध्यराति साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।
जीपमा सवार अन्य ५ जनाले हामफालेर ज्यान जोगाएकाले सकुशल रहेका छन् । जीप चालक फरार रहेका र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

