काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त गरेका छन ।
सोमवार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन ।
आचार्य यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सल्लाहकार थिए ।
प्रधानमन्त्रीले प्रेस संयोजकमा सूर्यकिरण शर्मा र प्रेस विज्ञमा मनहरि तिमिल्सिनालाई नियुक्त गरेका थिए ।

