चितवन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले रास्वपालाई चटपटे पार्टीको संज्ञा दिएका छन । उनले नयाँ भनिएका चटपटे पार्टीले गर्दा देशमा समस्या निम्तिन लागेको पनि बताएका छन ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई भोट माग्न चितवन– २ पुगेका नेता पण्डितले चटपटे पार्टीले जनताको समस्या समाधान गर्न नसक्ने पनि
दाबि गरेका छन ।
‘देशलाई समस्या पर्दा नागरिकता त्यागेर विदेश जाने र फेरि देशमा आएर म राष्ट्रवादी हुँ भन्दै टुप्लुक्क देखिने’ गरेको उनको भनाइ छ ।
‘अहिले अडियो बाहिरिएको छ, त्यसले पनि उनको अर्को चरित्र उजार गरिदिएको छ । अब चितवनका जनताले जिताउनु हुँदैन,’ रविलाई लक्षित गर्दै पण्डितले भने ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाउन भन्दै २ करोड मागेको अडियो आइतवार मात्र सार्वजनिक भएको थियो ।
चितवन – २ मा रास्वपा सभापति रवि लामिछाने, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ चुनावी मैदानमा छन ।

