विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाले एक जना सेयर सदस्यको परिवारलाई मृत्यु राहत कोषबाट राहत रकम एक लाख रुपैयाँ वितरण गरेको छ ।
बुढीगंगा गाउँपालिका – १ की सेयर सदस्य ६१ वर्षीया शारदा पोखरेलको परिवारलाई मृत्यु राहत कोषबाट शुक्रबार एक लाख रुपैयाँ राहत कोष वितरण गरेको हो । सहकारीका अध्यक्ष राजेन्द्र खनालसहित सहकारीका पदाधिकारीले राहत रकम मृतकका छोरा विश्राम पोखरेल र बुहारी तारा पोखरेललाई हस्तान्तरण गरे ।
पोखरेलको माघ २७ गते मृत्यु भएको थियो । सहकारीले आफ्नो सदस्यहरुलाई राहत प्रदान गर्ने उद्देश्यले २०७८ सालमा राहत कोष स्थापना गरेको थियो । उक्त कोषमा अहिले ९ लाख रुपैयाँ जम्मा भएको छ । सो कोषाबाट सेयर सदस्यको मृत्यु भए राहत स्वरुप परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरिने सहकारी अध्यक्ष राजेन्द्र प्रसाद खनालले बताए ।

