विराटनगर । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजीवी परिषद्(समाजवादी)को प्रदेश तथा मोरङ जिल्ला अधिवेशन शनिबार विराटनगरमा सम्पन्न भएको छ । अधिवेशनले अधिवक्ता डा. मेदनीप्रसाद सेडाईंको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटी तथा वरिष्ठ अधिवक्ता प्रा.भोजराज श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मोरङ जिल्ला कमिटी गठन गरेको छ ।

प्रदेश कमिटीको उपाध्यक्षमा केवलप्रसाद फुयाँल र सचिव बन्धु पोखरेल चयन भएका छन् । त्यस्तै सह–सचिव श्यामानन्द चौधरी, बोधराज घिमिरे र कोषाध्यक्ष योगेन्द्र काफ्ले चयन भएका छन् । सदस्यहरूमा मिथिलेसकुमार मिश्रा, बासुदेव बराल, राजकुमार न्यौपाने, मेघराज कट्टेल, प्रकाश गुरुङ, इन्द्रप्रसाद निरौला, कृष्णप्रसाद सिग्देल, तिलाई चौधरी, मित्र थापा मगर, पुष्प ढुंगाना र खगेश्वर भट्टराई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमै शिव आचार्य, भक्त खड्का, धु्रव भट्टराई, विश्वनाथ राय, सुनिता थापा, दानकुमार ढकाल, शिव शर्मा, पञ्चकुमार राई र कपिलदेव सिंघक चयन भएका छन् ।

यस्तै, शनिबार नै सम्पन्न नेपाल बुद्धिजीवी परिषद् समाजवादी मोरङको अधिवेशनबाट वरिष्ठ अधिवक्ता प्रा.भोजराज श्रेष्ठ अध्यक्ष चयन हुनुका साथै उपाध्यक्ष देवी पन्थी भएका छन् । सचिवमा कृष्णप्रसाद गौतम, राजकुमार दंगाल र कोषाध्यक्षमा मुनु पोखरेल चयन भएका छन् । सदस्यहरूमा शिवराज बिष्ट, प्रदीप मेहता, कृष्ण सुवेदी, दिव्या भेटवाल, माधव दाहाल, मणिराज राई, कमलराज गौतम, बन्धु निरौला र सीता पौडेल घिमिरे चयन भएका छन् ।

दुवै निर्वाचित कमिटीलाई नेपाल बुद्धिजीवी परिषद् समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज डा. उद्धव पोखरेलले सपथग्रहण गराएका थिए । अधिवेशन उद्घाटन समारोहमा पेशागत तथा बुद्धिजीवी क्षेत्रमा योगदान पुर्‍याउने ६ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा वरिष्ठ अधिवक्ता माधवप्रसाद भट्टराई, सुकुना बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्रेमप्रसाद भट्टराई, वरिष्ठ चिकित्सक डा. महेशप्रसाद न्यौपाने, इञ्जिनियर विन्देश्वरलाल दास, साहित्यकार पुण्यप्रसाद खरेल र पूर्व प्रधानाध्यापक विश्व कार्की थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटी सचिव महेश रेग्मी, केन्द्रीय कमिटी सदस्य तथा मोर्चा संगठन प्रमुख केशब बिष्टलगायतले फूलमाला, अबीर, दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए ।