विराटनगर । अप्सरा नै हुन्– रारा ताल । घुमन्तेका लागि सपनाको गन्तव्य पनि हो– रारा ताल । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटरमा रहेको छ । तालको छालसँगैको सुन्दरताले पर्यटकको मन लोभ्याउँछ ।

तालको वास्तविक दृश्यचाहिँ ४ हजार मिटरमाथिको मुर्माटप लेकबाट आनन्द आउँछ । नेपालको सबैभन्दा ठूलो रारा तालमा वर्षमा करिब ६० हजार नेपाली पुगेको तथ्यांक छ । विदेशी पर्यटकको संख्या भने उल्लेख्य देखिएको छैन ।