विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।