काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नाम राख्दा गल्ती भएको बताएका छन ।

बुधबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु अहिले पनि पहिचानकै पक्षमा रहेको बताएका छन्। उनले पहिचानको अडानमै  रहेको  बताउदै कोशी नाममा निर्णय गर्ने बेला प्रदेशका नेताहरुले अडान लिन नसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले माओवादी पहिचानको मुद्दाबाट तलमाथि नहुने बताए। पार्टी अहिले पनि पहिचानको मुद्दाबाट तलमाथि नहुने प्रचण्डले बताएका छन ।

गत फागुन १७ गते ८२ सासदको समर्थनमा प्रदेशको नाम कोशी राखीएको थियो । कोशीको विपक्षमा ४ मत परेको थियो। प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए।

कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि पलगातार आन्दोलन भइरहेको छ ।