झापा । झापाको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा काँग्रेस, एमाले र माओवादीको संयुक्त उम्मेद्वारलाई रास्वपाका उम्मेद्वारले पराजित गरेका छन् ।
निर्वाचनमा अध्यक्षका उम्मेद्वार स्वतन्त्रका भीमप्रसाद अधिकारी निर्वाचित भए । उनले स्वतन्त्र पार्टीको समर्थनमा उम्मेद्वारी दिएका थिए । उनले अधिकारीले १२८७ मत ल्याएका थिए ।
अधिकारीका प्रतिस्पर्धी काँग्रेस, एमाले, माओवादी, राप्रसा र जसपा समर्थित उम्मेद्वार प्रेमप्रकाश चुँडाल १५२ मतले पराजित भए । चुडालले ११३७ मत ल्याएका छन् । अध्यक्ष बाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुडाल प्यानल विजयी भएको छ ।
त्यस्तै उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १ सय ६३ मत ल्याउँदै विजयी भए । सचिवमा १२०३ मत ल्याउँदै गोविन्द पौडयाल, कोषाध्यक्षमा १ हजार २ सय १५ मत ल्याउँदै खेमराज कार्की विजयी भएका छन् भने सदस्यहरुमा गोपाल खरेल, लक्ष्मीप्रसाद ओडारी र भरतकुमार श्रेष्ठ विजयी भएका छन् । यस्तै महिला सदस्यमा सोमा प्रसाईं खरेल र हरिमाया राई विजयी भएका छन् । संस्थामा ४ हजार १२८ मतदातामध्ये २६१४ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले जानकारी दिए ।

