काठमाडौँ । भीम रावलले पार्टी सदस्यको भूमिका निर्वाह गर्न नसकेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताएका छन । रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताएका हुन ।

‘रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाँले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गर्नुभएको छैन’, पौडेलको भनाइ छ । उनले रावलले अनुशासन समेत उल्लङ्घन गरेको बताए ।

पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा रावलले बोल्ने गरेको पौडेलले बताए ।