जनकपुरधाम । आज ‘रामनवमी’ पर्व श्रद्धापूर्वक मनाइँदै छ चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा श्रद्धापूर्वक ‘रामनवमी’ मनाइने गरीन्छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
जनकपुरधाम भगवानको रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । राम र सितासँग जनकपुरधाममै विवाह भएको थियो ।
राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिनेछ । त्यसका लागि टाढा टाढाबाट साधुसन्तहरु आइपुगेका छन् ।
आज बिहानै साधुसन्त तथा श्रद्धालुहरूले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन् । दिउँसो जानकी मन्दिर र रा मन्दिरमा भव्य आरती गरिनेछ ।

