काठमाडौं । स्थानीयतहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ
मन्त्री अमनलाल मोदीले शुक्रबार ७ दिनभित्र हाजिर गराउन मन्त्रीस्तरीय निर्णय गरेका थिए । हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।
मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई गरिएको परिपत्रमा भनिएको छ, ‘स्थानीय सरकार ऐन, २०७४ को ८४(४) बमोजिम यस मन्त्रालयबाट कामकाजमा खटाईएका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बन्धित नगरपालिकारगाउँपालिकाले प्रचलित कानूनबमोजिम हाजिर गराई कामकाजमा लगाउनुपर्ने देखिएको हुँदा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पत्रको मितिले ७ दिनभित्र हाजिर गराई सोको जानकारी यस मन्त्रालयमा दिनु हुनका साथै तहाँ कार्यालयबाट अन्यत्र खटाइएका कर्मचारीलाई समेत सोही अवधिभित्र खटाइएको निकायमा रमाना दिई पठाउनु हुन नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७९/१२/०९ को निर्णयानुसार अनुरोध छ ।’

