काठमाडौँ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो । ८ मन्त्रालयसहित सरकारमा जाने तयारी कांग्रेसले गरेको हो ।
सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने अडान लिएका छन । खड्का भने उपप्रधान तथा रक्षा मन्त्री बनेर पनि सरकारमा सहभागी हुने खड्का निकट स्रोत बताउँछ ।
कांग्रेसले अर्थ मन्त्रालयमाथि निर्विकल्प दाबी राखेको छ । शनिबारको पदाधिकारी बैठकमा पनि अर्थमन्त्राय दिनुपर्नेमा नेताहरुले जोड गरेका छन् । बैठकमा कांग्रेस पदाधिकारीहरुले अर्थ मन्त्रालय पार्टीले लिनुपर्नेमा जोड दिएका छन् । अर्थतन्त्रलाई ट्याकमा ल्याउन र काम गरेर जनतामा आश जगाउने मन्त्रालय अर्थ छाड्न नहुने पदाधिकारीले सभापतिलाई भनेका थिए ।
बाँकी मन्त्रालयबारे भने कांग्रेस विकल्पसहित गठबन्धनमा प्रस्तुत हुने तयारीमा छ । एक पदाधिकारीकानुसार परराष्ट्र वा भौतिक, शिक्षा वा स्वास्थ्य, भूमिसुधार वा सहरी विकास, कानुन वा रक्षा, उद्योग वा ऊर्जा मन्त्रालय लिने कांग्रेसको आन्तरिक रणनीति छ ।

