विराटनगर । दलित मानव अधिकारको क्षेत्रमा सक्रिय मानव श्रोतका लागि विकास मञ्चले संविधान सभा सदस्य अनिता परियारलाई सम्मान गरेको छ ।

५८ औ जातीय विभेद उन्मुलन दिवस(२१ मार्च) को अवसरमा मङ्गलवार विराटनगर स्थित कोसी प्रदेश स्तरीय जनप्रतिनिधिहरूको भेलामा संविधान सभा सदस्य परियारलाई मानवअधिकार विकास मञ्चले योगदानको कदर गर्दै सम्मान गरेको छ ।

परियारलाई कोसी प्रदेश सरकारका मन्त्री  बुद्धिकुमार राजभण्डारीले सबै खाले जाति विभेद र छुवाछुत उन्मुलन दिवसको अवसरमा दोसल्ला ओढाएर सम्मान गरेका हुन।

भेलामा प्रदेश सभा सांसद सुनिता राम , मानवअधिकार आयोग प्रदेश कोसी कार्यालयका प्रतिनिधि चिरञ्जीवी कोइराला , नेपाल दलित संघ कोसी प्रदेश अध्यक्ष गोविन्द दर्नाल , गैरसरकारी संस्था महासंघ अध्यक्ष डिवी शाह संकर , जिसस झापाका पुर्व संयोजक सोमनाथ पोर्तेल दलित एकता समाज धनकुटा अध्यक्ष कोपिला संकर , अधिकारकर्मी गीता शिवा लगायतले संविधानमा सुनिश्चिभएको हक अधिकार कार्यान्वयन गर्नमा दलित जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।