विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वविय सभापतिमा सन्तोष लिम्बु पुन निर्वाचित भएका छन् । यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि उनी विजयी भएका थिए । लिम्बुले १ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन् । लिम्बु नेकपा एकीकृत समाजवादी निकट अनेरास्वियुका नेता हुन ।
उनका प्रत्यासी एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत मात्रै प्राप्त गरेका छन् । विद्यार्थी सङ्गठनहरू बिच विवाद हुँदा चैत्र ६ गते मात्रै यस क्याम्पसमा चुनाव भएको थियो ।
सचिवमा भने एमाले निकटकै अनेरास्वियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १३२५मत ल्याएका छन् भने अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएका छन् । सुकुनामा सत्ता गठबन्धनका विद्यार्थीले प्यानल बनाएका थिए । सदस्यहरूमा पनि बहुमत सत्ता गठबन्धनका विद्यार्थीले जितेका छन् । ।
स्ववियु बाट पहिलो पटक एमाले निकटको अनेरास्वियुले पराजय भोग्नु परेको छ । यस अघि भएका सबै चुनावमा जितेको एमाले निकटको अनेरास्वियुले २०७९ चैत्र ६ गते भएको चुनावमा भने आफ्नै सङ्गठन बाट फुटेर गएको एकीकृत समाजवादी निकटको अनेरास्वीयुसँग पराजय भोग्नु परेको छ ।
यसअघि यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ , देवी राई, भूपाल बस्नेत बद्री अर्याल र सन्तोष लिम्बुले अनेरास्वियुबाट निर्वाचित भएका थिए ।

