काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने विषयमा आजदेखि सत्ता गठबन्धन आबद्ध दलहरूलेछलफल सुरु गर्ने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन्।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मङ्गलवार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए।