विराटनगर । कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी भएको छ ।

नेविसंघ र अनेरास्ववियु(क्रान्तिकारी)को गठबन्धनलाई हराउर्दै रेग्मीकप्यानल विजयी भएको हो । सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन् । त्यसै री सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी,लीलामणि श्रेष्ठले र सुजता धिमाल विजयी बनेका छन् ।

समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए । कुल १९६विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो ।