विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदानमा ३ हवार १६६ मत खसेको छ ।
आइतबार विहान साढे ९ बजेबाट मतदान सुरु भएकोमा ४ बजे मतदान सकिँदा ५४.६८ प्रतिशत मत खसेको हो ।
क्याम्पसमा ५ हजार ७९० मतदाता रहेको थिए । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी भइहरेको निर्वाचन समितिका संयोजक डा.सुशील अधिकारीले जानकारी दिए ।
क्याम्पसमा स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट नविन पहाडी, नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् । यस्तै सचिवमा अनेरास्ववियुबाट सनिम ठकुरी, नेविसंघबाट पुजा विश्वास र अखिल क्रान्तिकारीबाट आशिका लम्साल उम्मेदवार छन् ।
विद्यार्थी संगठनसँग परामर्श गरेर मतगणनाको काम सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । अहिले विद्यार्थी संगठन र निर्वाचन समितिको बैठक बसेपछि गणना सुरु हुनेछ ।

