काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् । त्यसैगरी उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले पेस गर्न लागेको यो विधेयकको विरोधमा ज्ञानबहादुर शाहीले सेस गरेको सूचनालाई पनि निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।