काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय यादव विजयी भएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा)का हुन ।
यादवले ३० हजार ३२८ मत ल्याएर विजयी भएका हुन् ।
उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।
एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

