काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने भएको छ ।
आज हुने चुनावमा मतदान नगर्ने जनाएको छ । राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।
गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

