काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचन आज हुदैछ । शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ६ बजेसम्ममा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी कार्यालयको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मतदान गर्न पाउनेछन् ।
उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य,  ममता झा र रामसहायप्रसाद यादव  उम्मेदवार छन् ।