विराटनगर । विराटनगरस्थित बरगाछी कमलमार्ग टोल संगठनको अध्यक्षमा टिपी आचार्य चयन भएका छन् । उक्त संगठनको उपाध्यक्षमा डिल्लीराम अधिकार, सचिवमा किरण बराल, कोषाध्यक्षमा निर्मला पुडासैनी छन् भने अन्य सदस्य गरेर १५ सदस्यीय समिति रहेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निवर्तमान अध्यक्ष लक्ष्मी पोखरेलले कार्यकाल सफलताको शुभकामना दिइन् । नवनिर्वाचित अध्यक्ष आचार्यले टोललाई नमुना टोल बनाउने प्रतिबद्धता व्यक्त गरे ।