विराटनगर । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
‘पहिचानका लागि सडक साहित्यिक यात्रा २०७९’ अन्तरगत प्रदेश सभा भवन अगाडिबाट प्रहरीले राईलाई पक्राउ गरेको हो ।
प्रदेशको नाम कोशी खारेज गरी पहिचानमा आधारित नाम राख्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
प्रदेश नामकरणको विरोधमा प्रदेशसभा भवन अगाडि कविता वाचन गर्दै गर्दा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी राईलाई पक्राउ गरेको हो ।
अध्यक्ष राईलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको हिराशतमा राखिएको छ ।

