विराटनगर । साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै विराटनगर जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ। समापनको अवसरमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुई युवालाई सम्मानित पनि गरिएको छ ।
सम्मानित हुनेहरुमा उद्योग ब्यबसायी बिपिन काबरा र हास्य कलाकार सुमन कार्की रहेका छन् । उनीहरु दुवै जनालाई जेसीज सम्मान द्वारा सम्मानित गरिएको हो ।
हास्य बिधा मार्फत जनतामा हास्यरस सहित सचेतना जोगाउने काम गरेको र हास्य व्यंग्य मार्फत मोरङ जिल्लालाई बिश्व भर चिनाउन गरेको योगदान स्वरुप कलाकार सुमन कार्कीलाई सम्मानित गरिएको आयोजकको दाबी छ ।
यस्तै उद्योगको माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उधमशिलतालाई प्रवर्धन गरेको भन्दै काबरालाई सम्मानित गरिएको हो ।
साथै ५० बर्ष पुगेको अवसरमा सम्पूर्ण पूर्व अध्यक्षहरुलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । बिराटनगर जेसीजको प्रोजेक्ट जेसी बाल सदन विद्यालयको संस्थापक शिक्षक बनी नेपाल, बिराटनगर जेसीजका सस्थापक द्वय बिजय सेन शर्मा र लोकमान गोल्छा र मानार्थ सदस्य किसनलाल दुगडलाई सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले अझ गतिशील भएर बिराटनगर जेसीज अघि बढ्न सक्ने विश्वास व्यक्त गरे । उनले जेसिससँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको र लागु पदार्थ दुर्ब्यसनलाई न्यूनीकरण गर्नका लागि जेसीजका युवाहरु लाग्नु पर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने हरेक गतिविधिहरुलाई आफूले नजिकबाट नियालिरहेको र आगामी दिनमा जेसीजले आयोजना गर्ने क्षेत्र ९क० सम्मेलन बिराटनगरमा हुने कुरा सुन्न पाउँदा आफूलार्इ खुसी लागेको बताए । सो अवसरमा महानगरले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कोइरालाले विराटनगरलार्इ राम्रो बिराटनगर बनाउने अभियानमा साथ दिन जेसीजलाई अनुरोध गरे ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसी रश्मि बस्नेतले बिराटनगर जेसीजको सप्ताह सँधै उत्कृष्ट रह्ने बताइन् । साता ब्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा सप्ताह समापन तथा सम्मान कार्यक्रमका कार्यक्रम सयोजक राजन नेपाल उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा निमा अवार्डबाट पुरस्कृत भएका थिए ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, विभिन्न शाखाका शाखा अध्यक्ष लगायतका टिम, कार्यक्रमलाई प्रायोजन गर्ने विभिन्न व्यक्ति तथा संस्थाको उपस्थिति रहेको विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए ।

