काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ।

संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए।

त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा अर्का सांसद महेश बर्तौलालाई नियुक्त गरेको छ।