काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनाका घाइतेको उद्दार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

बस दुर्घटनामा ५ जनाको मृत्यु र दर्जनौं घाइते भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामन गर्दै उद्दार कार्य प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

ओखलढुंगाबाट काठमाडौं आइरहेको बस सिन्धुलीको फिक्कल गाउँपालिकाको कुहिभिरमा आज बिहान ९ बजे दुर्घटनामा परेको थियो । सडकको भित्तमा जोतिएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दर्जनौ घाइते भएका छन ।

‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्दार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु।’ प्रधानमन्त्रीले भनेका छन् ।

बा २ ख ६५९६ नम्बरको बस दुर्घटना भएको थियो ।