विराटनगर । आइतबार कोशी प्रदेशको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न राजनैतिक दल तथा जातीय संस्थाहरू आन्दोलित भएका छन ।

जसपा, संघीय लिम्बुवान पार्टी, किरात राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाका कार्यकर्ताहरू आइतबार कोशी प्रदेश बन्दको आव्हान गरेका छन ।

बन्दका कारण लामो दुरीमा कुद्ने सवारीका साधनहरू कुदेका छैनन् ।

बन्दको प्रभाव सामान्य रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । मोरङको बेलबारी, पथरी विराटनगरमा बन्दकर्ताहरुले बन्द गराउन आए पनि त्यसको प्रभाव नपरेको उनले बताए ।