काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। भण्डारी २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन ।
पहिलो पटक २०७२ कात्तिक ११ गते र दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन ।
भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।
नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। उनको शपथ ग्रहण भोलि हुँदैछ।

