काठमाडौं । उपराष्ट्रपति पदका जसपाका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टीकी उमेदवार ममता झाले पनि उजुरी दिएकी छन् ।
झा र यादव दबै जना सत्तारुढ गठबन्धन बाट उमेदवारी दिएका थिए ।

झाले राष्ट्रपति खस आर्य पुरुष रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला उमेदवार हुनुपर्ने भन्दै यादवविरुद्ध उजुरी दिएकी हुन् ।

यसअघि, यादवविरुद्ध नेकपा (एमाले)की उमेदवार अष्टलक्ष्मी शाक्यले पनि उजुरी दिएकी थिइन ।