विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्सको स्ववियु निर्वाचनमा ४ जनाले सभापतिमा उम्मेद्वारी दिएका छन् ।

उम्मेद्वारी दिनेहरूमा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, एमाले अखिलबाट नविन पहाडी, माओवादी निकट अखिल क्रान्तिकारीबाट रोहितकुमार यादव र समाजवादी विद्यार्थी संगठनबाट राकेशकुमार यादव रहेका छन् ।

 नेविसंघले सचिवमा पुजा विश्वास, कोषाध्यक्षमा स्वस्तीक बोहरा, एमाले अखिलले सचिवमा सनिम ठकुरी र कोषाध्यक्षमा आरोग्य थापा तथा अखिल क्रान्तिकारीले सचिवमा आशिका लम्साललाई उम्मेद्वार बनाएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले भने सचिव, कोषाध्यक्ष र केही सदस्य पदमा उम्मेदवारी दिएको छ । सचिवमा निर्मल भण्डारी र कोषाध्यक्षमा रोहित गौतमले उम्मेदवारी दिएका छन् ।

स्ववियु चुनावका लागि महेन्द्र मोरङ क्याम्पसमा १० वटा संगठन दर्ता भएका थिए ।