काठमाडौं । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय यादविरुद्ध उजुरी परेको छ। उनले जसपा बाट उम्मेदवारी दिएका थिए ।

नेकपा एमालेकी उपाध्यक्ष तथा उपराष्ट्रपति पदकी. उम्मेदवार अष्टलक्ष्मी शाक्यले बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेकी हुन्।

प्रतिनिधसभा सदस्य महेश बर्तौलाले उजुरी दर्ता गरेका छन ।

निर्वाचन आयोगले राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति पद महिला हुनुपर्ने व्याख्या गरेपछि शाक्यले त्यसकै आधारमा उजुरी दिएकी हुन्। यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेले दाबी गरेको छ।

जसपाले प्रमिला यादवलाई पनि उपराष्ट्रपति पदमा अघि सारेको छ।