काठमाडौं । सत्ता गठबन्धन सहित उप राष्ट्रपति पदमा ४ जनाको उम्मेदवारी परेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि जसपाबाटै २ जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दिएका छन ।
जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन्। छलफल गरेर एक जनाको उम्मेदवारी मात्र कायम राखिने गठबन्धनका नेताहरुले बताएका छन ।
एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता गराएकी छिन ।
राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ। उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन्।

