विराटनगर ।  हुण्डीको कारोबारी गर्ने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारी विराटनगर महानगरपालिका १५ सुडी वस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साह विराटनगरका  चर्चित हुण्डी कारोबारी हुन् । उनले नेपाल र भारतमा हुण्डीको कारोबारमा संलग्न व्यक्ति हुन् । कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेका प्रहरीका अधिकारी बताउँछन् ।

प्रहरीले साहलाई बिहीबार नगद ४ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले साहको साथबाट हुण्डि कारोवारमा संलग्न कागजपत्र पनि फेला पारेको छ । पक्राउ परेका साहलाई प्रहरीले हुण्डि सम्बन्धि कसूरमा दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।