काठमाडौं । जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धि विनाश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको विप्लवको भनाइ रहेको छ ।
शुक्रबार ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिन आफूहरु तयार रहेको बताए।

