विराटनगर । जनता समाजवादी पार्टी नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसपा संसदीय दलको नेतासमेत रहेका यादव बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको छ ।
गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट प्रतिनिधिसभामा प्रवेश गर्ने जसपा अध्यक्ष उपेन्द्र यादवको योजना छ ।
जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् । अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित भएका थिए

