काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले २०८४ सालयता एमालेसँग मिल्न सक्ने अवस्था नै नभएको बताएका छन ।
राष्ट्रपतिको निर्वाचनपछि कांग्रेससँग पनि मिल्न सक्ने बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिदै महामन्त्री थापाले ‘२०८४ सालमा एमालेसँग मिल्न सकिए पनि अहिले भने यो सम्भव नरहेको बताएका छन । उनले राष्ट्रपतिले जनतालाई दुःख नहुने बरु जनताले सम्मान गर्ने राष्ट्रप्रमुख हुनु पर्ने बताएका छन ।
प्रधानमन्त्रीलाई पनि सफल बनाएरै छोड्ने थापाले बताए । थापाअघि एमाले अध्यक्ष ओलीले राष्ट्रपति चुनावपछि कांग्रेस र एमाले मिलेर अगाडि बढ्न सक्ने बताएका थिए ।

