काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

आज विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको थियो ।

यसअघि सम्म पौडेललाई ८ दलको समर्थन रहेको थियो । रास्वपाका १९ जना सांसद छन् ।