काठमाडौँ । आज बिहीबार नयाँ राष्ट्रपतिका लागि निर्बाचन हुदै छ । बिहान १० बजेदेखि मतदान सुरु भएर दिउँसो ३ बजेसम्म चल्नेछ । आयोगका अनुसार निर्वाचनको मतपरिणाम बिहीबार साँझसम्ममा घोषणा गर्ने तयारी रहेको छ ।
आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुने जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुनेछ । निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । पौडेललाई ९ दलको समर्थन रहेको छ भने नेम्वाङलाई पार्टीबाट एक्लै चुनावी मैदानमा छन् ।
निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । जसअनुसार संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।

