इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा आगामी वर्ष एक महिने महिना पूर्ण महाकुम्भ मेला महोत्सव आयोजना हुने भएको छ ल।
२०८० साल चैत्र २६ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय त्रितियासम्म मेला लाग्ने छ । कुम्भ मेला आयोजना गर्ने विषयमा बुधबार कुम्भ मेला स्थल चतराधाममा कुम्भ मेलाका परिकल्पनाकार जगद गुरु बालसन्त मोहन शरण, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, स्थानीय वडाध्यक्ष, स्थानीय बुद्धिजीवीबीच सुरुवाती छलफल गरिएको छ । छलफलबाट २०८० चैत्र २६ गतेबाट हुने कुम्भ मेलाको शुभारम्भका लागि यही चैत्रबाट प्रचारात्मक कार्यक्रम गर्ने, माथिल्ला निकायहरूसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्ने, नियमित सरसफाइको व्यवस्थापन गर्नेलगायतका निर्णय भएको प्रथम जगदगुरु पीठ चतराधामका सचिव उद्भव घिमिरेले जानकारी दिए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । चतराधाम कुम्भको राजधानी भएकाले यहाँ लाग्ने कुम्भ मेलाको प्रचारप्रसार र व्यवस्थापनलाई प्राथमिकताका साथ राखेर काम गर्ने उनको भनाई छ ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरणले बताए । भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् । अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ । भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ ।

नेपालमा पहिलो पटक २०६९ सालको चैत्र महिनाको शुक्ल प्रतिपदादेखि चेत ६ गते देखि वैशाख शुक्ल अक्षय तृतियासम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भयो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।

चतराधाममा २०६३÷६४ मा दोस्रो कुम्भ पहिलो २०७०÷७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५÷७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला आयोजना भएको थियो ।