उर्लाबारी । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पछिल्लो समय राजनीतिक दलहरू सत्ता प्राप्त गर्न केन्द्रित हुन थालेको बताएका छन् ।
मोरङको उर्लाबारी नगर कमिटीले आयोजना गरेको कार्यक्रममाका बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको बताए । उनले देश जसरी अगाडि बढेको छ, कति बेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिने अवस्था नरहेको समेत बताए ।एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकीकरण हुने सम्भावना नरहेको उनले बताए । ‘वामपन्थीको बिचमा एकता हुन आवश्यक छ,’ उनले भने ‘नीति विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता अहिले नै हुँदैन ।’
वामपन्थीहरू विलय र आत्मसमर्पण भएर नभई नीति, विधि, सिद्धान्त आधारमा एकीकरण हुनु पर्नेमा समेत उनले जोड दिएका छन् । अब एकीकृत समाजवादी क्रान्तिकारी पार्टी बनाउनु पर्ने खनालले बताएका छन् । नेता खनालले बाह्य शक्तिले मुलुकमा अस्थिरता सिर्जना गर्ने काम गर्ने भएकाले त्यसमा सचेत बन्नु पर्नेमा जोड दिएका छन् ।

