काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचन बारे धारणा बनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर धारणा बनाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन्। आफूहरू राजावादी भएकोले राष्ट्रपति निर्वाचनकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचन बारे धारणा बनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर धारणा बनाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपामा राष्ट्रपति चुनावमा मतदान गर्नुपर्ने र मतदान गर्न नहुने भन्नेमा नेताहरू विभाजित छन्। आफूहरू ुराजावादीु भएकोले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने तर्कसमेत केही नेताले उठाउने गरेका छन्।

राप्रपा राष्ट्रपतिका दुई उम्मेदवारमध्ये कसैको पनि प्रस्तावक र समर्थक बसेको छैन। राष्ट्रपतिका उम्मेदवारहरू नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले राप्रपा कार्यालयमै पुगेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ ।