काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी फागुन २५ गतेका लागि तोकिएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले दायर गरेको रिट मंगलवार दर्ता भएको हो । यसअघि प्रशासनबाट दरपीठ भएको रिट सर्वोच्चले शुक्रवार दिएको आदेशबमोजिम दर्ता भएको छ

अध्यक्ष प्रचण्डले गत वर्ष एक कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका ५ हजार व्यक्तिको जिम्मा आफूले लिने भनी दिएको अभिव्यक्तिलाई प्रमाण मानेर उनलाई कारबाही हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।