विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले सोमबार विराटनगरमा व्यवसायी तथा शुभचिन्तकहरुलाई भेला गरेर होली पर्वको अवसरमा खुसियाली मनाएको हो ।
संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशीला खडा गर्न अभिप्रेरित गर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल औषधि व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले यस्ता चाडपर्वले सद्भाव, एकता र भाइचारा कायम गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, नेपाल औषधि व्यवसायी संघ मोरङका सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधि प्रबन्धक संघ विराटनगर इकाईका उपाध्यक्ष सुबोध गौतम, मिलानका सचिव जितेन्द्र देव र नेपाल औषधि व्यवसायी संघ कोशी अञ्चलका पूर्व अध्यक्ष सुवर्ण भक्त जोशीलगायतको सहभागिता रहेको थियो ।

