विराटनगर ।निर्वाचन आयोगले सोमबार मध्यरातदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आयोगले सोमबार राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको जनाएको हो ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने आयोगले जनाएको छ ।

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । चुनावमा संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।